Wednesday, October 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

‘साइको’ भनेको भन्दै सुन्दरहरैँचाका पुजनले यसरी गरे छिमेकीको हत्या

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ ९, २०७८
in समाचार
0
धारिलो हतियार प्रयोग गरी हत्यामा संलग्न व्यक्ति पक्राउ
4.4k
SHARES
Share on FacebookShare on Twitter

मोरङ : मोरङको सुन्दरहरैंचा नगरपालिका ३ लोचनीका २३ वर्षीय पुजन राईले सामान्य विषयमा विवाद हुँदा छिमेकी दाइको हत्या गरेको खुलेको छ ।

करिब चार महिनाअगाडि ‘साइको’ भनेको विषयलाई लिएर पुजनले ४० वर्षीय बिष्णु ऋषिदेवलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको मोरङ प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ । हत्या आरोपमा पक्राउ परेका राई र मृतक ऋषिदेव छिमेकी हुन् ।

पुजनले बिष्णुलाई दाइ भनेर सम्बोधन गर्ने गरेको स्थानीय बताउँछन् । उनीहरूको एक सय मिटरको दूरीमा घर रहेको छ । गत बिहीबार राति धारिलो हतियार दाउले ऋषिदेव सुतेको अवस्थामा घाँटीमा प्रहार गरी हत्या गरेको अवस्थामा भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

यो पनि – धारिलो हतियार प्रयोग गरी हत्यामा संलग्न व्यक्ति पक्राउ

हत्या आरोपमा पक्राउ परेका राई मानसिक समस्या भएका युवा भएको प्रहरी बताउँछ । केही दिनयतादेखि औषधी सेवन पनि गर्दै आएको परिवारले जनाएको छ । तर उनी कुन अवस्थाको समस्याबाट गुज्रिदै आएका थिए भन्ने विषयमा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । विष्णुले करिब चार महिनाअगाडि ‘साइको’ भनेकाले त्यही रिस फेर्न हत्या गरेको बयानको क्रममा बताएको प्रहरीले जनाएको छ ।

यसरी भयो हत्या

बिष्णु ऋषिदेव मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका थिए । उनको श्रीमतीको मृत्यु भइसकेको छ । त्यही कारण लामो समययता दुई छोराहरू मामा घरमा बस्दै आएका छन् । विष्णु बिहीबार दिउँसो १ बजे घरछेउको होटलमा गएर मदिरा सेवन गरेका थिए । त्यसपछि साँझ भाइको घरमा खाना खाएर ८ बजे घरमा आएर सुतेको प्रहरीले बताएको छ ।

विष्णु सुतेपछि पढ्दै गरेका पुजन उठेर रातको ११ बजे भान्सामा रहेको बाम्फक झिकेर विष्णुको घरमा पुगेको प्रहरीले अनुसन्धानको क्रममा खुलेको छ । विष्णु कोल्टो अवस्थामा पश्चिम फर्केर सुतेका बेला घाँटीमा सुजनले तीनपटक धारिलो हतियार दाउले हानेर हत्या गरेको बयानमा प्रहरीलाई बताएका छन् ।

यो पनि – मोरङमा बढ्दै आपराधिक क्रियाकलाप स् ओछ्यानमै एक पुरुषको बीभत्स हत्या

हत्या पछि दाउ धोए

विष्णुको हत्या पछि दाउ र पेन्टमा रगत पखालेर दाउ भान्सा कोठामा राख्छन् र साढे १२ बजेपछि सुत्छन् ।

सबेरै उठ्ने विष्णु शुक्रबार बिहान नउठेपछि स्थानीय उनकोे घरमा पुगेका थिए । खाट रगताम्य देखेपछि स्थानीयले प्रहरीलाई खबर गर्दछन् । तत्काल इलाका प्रहरी कार्यालय बेलबारीको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गर्दछन् । घटनाको अनुसन्धान गर्दै जादा विष्णुको हत्यामा सुजनको संलग्न देखेपछि इप्रका बेलबारीले शुक्रबार ८ बजे घरबाट उनलाई पक्राउ गरेको हो । पक्राउ परेका सुजनलाई इप्रका बेलबारीले ‘कर्तब्य ज्यान’ मुद्दामा म्याद थप गरी अनुसन्धान गर्दै आएको डिएसपी राईले जानकारी दिए ।

ब्लाष्टखबरबाट ।

Tags: #मोरङ#हत्याअपराधसुन्दरहरैँचा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा
समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले पदबाट राजीनामा दिएका छन्। गुरागाईँले कात्तिक १० गते प्रदेश प्रमुख परशुराम खापुङसमक्ष...

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो
खेलकुद

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा विराटनगर किङ्ग्स चितवन राइनोजसँग ८ रनले पराजित भएको छ। चितवनले दिएको...

सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

कार्तिक १०, २०८३

झापामा तीन लाखभन्दा बढीका पटका बरामद

कार्तिक १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कार्तिक १०, २०८३
विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

कार्तिक १०, २०८३
सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    841 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    642 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    285 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.