इटहरी : पछिल्लो २४ घण्टामा ७ हजार १३५ जना कोरोना संक्रमित निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज एकैदिन ७ हजार १३५ जना कोरोना संक्रमणमुक्त भएका हुन् । योसँगै निको हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर ७,४२५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो संख्या हिजोको भन्दा घटेको हो । हिजो आइतबार ७,९१४ जनामा संक्रमण पुष्टि भएको थियो ।
यो सँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख २० हजार ४६१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज देशभर थप १८५ जनाको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ५३१ पुगेको छ ।














Discussion about this post