इटहरी : जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी निषेधाज्ञा खुकुलो पार्ने भएको छ ।
जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को हिजो (सोमबार) बसेको बैठकले विकास निर्माण तथा उत्पादनमूलक एवं कृषिजन्य रोजगारीका क्षेत्रमा स्वास्थ्य मापदण्ड अपनाई सहजीकरण गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
निर्माण सामग्री बोकेका हाइड्रोलिक अनलोड सिस्टम भएका ट्रक तथा ट्रिपरलाई निर्वाध रुपमा चल्न दिने निर्णयसमेत भएको प्रजिअ ढकालले बताए ।













Discussion about this post