मोरङ : मोरङको रतुवामाई नगरपालिका–२ यादव टोलमा एक युवकको शव फेला परेको छ।
अन्दाजी २५–३० वर्षको जस्तो देखिने युवकको पहिचान हुन सकेको छैन । मोरङ प्रहरीका अनुसार घोप्टो परेको अवस्थामा शव भेटेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए।
सीमा क्षेत्रको दशगजा नजिक शव भेटिएको प्रहरीले जनाएको छ । शंकास्पद अवस्थामा पुरुषको शव भेटिएपछि घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post