इटहरी (डेस्क) : विवेकशील साझा पार्टीका नेता उज्वल थापाको कोरोनाका कारण निधन भएको पुष्टि भएको छ ।
नेता थापाको आज दिउँसो मृत्यु भएको विभिन्न मिडिया र सामाजिक सञ्जालमा अफवाह फैलाइएपनि उपचार भइरहेको अस्पतालले जनाएको थियो । तर, उनको उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको अस्पतालले पुष्टि गरेको छ ।
मेडिसिटी अस्पतालमा इक्मो प्रविधिबाट उपचार भइरहेको भएपनि स्वास्थ्यमा सुधार आउन नसकेपछि उनको निधन भएको डाक्टर विश्व दवाडीले पुष्टि गरे ।














Discussion about this post