मोरङ : बेलबारी ११ भाङबारीमा २४ घण्टा नबित्दै श्रीमान श्रीमतीको मृत्यु भएको छ । मोरङको बेलबारी ११ भाङबारीमा एक पौडेल दम्पत्तिले २४ घण्टा नबित्दै संसार छोडेका हुन् ।
लामो समयदेखि नशा सम्बन्धी रोगबाट पीडित श्रीमतीको मृत्यु भएको २४ घण्टा पनि नबित्दै दम रोगबाट पीडित श्रीमानले शुक्रबार संसार छोडेका हुन् । यो घटनाले परिवार,आफन्त र छिमेकीहरु शोकमा त परेका छन् ।
श्रीमतीको बिहीबार स्थानीय केशलिया घाटमा अन्त्येष्टि गरिएको छ भने शुक्रबार सोही घाटमा श्रीमानको अन्त्येष्टि गरिएको छ ।











Discussion about this post