उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित नबिल बैंकको एटीएम मेसिन तोडफोड गरिरहेको अवस्थामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
त्रियुगा नगरपालिका–३ बस्ने भारत मधुवनी ग्राम पञ्चायत लौकाहा घर भएका १८ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
एटीएम मेसिन अपरिचित व्यक्तिहरुले तोडफोड गरिरहेको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले तोडफोडमा संलग्न उनलाई नियन्त्रणमा लिएको हो ।














Discussion about this post