मोरङ : मोरङको केराबारीबाट हतियारसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ प्रहरीका अनुसार केराबारी गाउँपालिका ९ देवीझोडाका ५९ वर्षीय गणेश लिम्बूको घरबाट हतियार बरामद भएको हो
। इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले लिम्बूको घरमा खानतलासी गर्दा कटुवा पेस्तोल एक थान, ३०३ राइफलको गोली ५ थान, गोली लोड गर्ने चाचर २ थान र पेस्तोलको गोली १ थान बरामद भएको थियो ।
यस्तै, उनको घरमा पार्किङ गरेको को १ च ८३६८ नम्बरको कारबाट खुकुरी एक थान र चक्कु एक थान बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । उक्त कार बेलबारी नगरपालिका वडा नं २ लालभित्तिका ४१ वर्षीय पदमकुमार लिम्बूको भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ुखुलेको छ ।
हतियारसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको मोरङ प्रहरीले जनाएको छ ।



















Discussion about this post