इटहरी : सुनसरीको बराहक्षेत्रमा अवैध हतियार, हरिणको मासुसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जङ्गलबाट मारेर ल्याएको अवैध हरिणको मासु र तीन नाल भरुवा बन्दुकसहित बराहक्षेत्र नगरपालिका २ चतराको रेल्वे लाइनबाट दुई जनालाई पक्राउ गरेको हो।

प्रहरी निरीक्षक पाण्डव कुमार राजवंशी नेतृत्वको टोलीले बराहक्षेत्र २ रेललाइन स्थित नीरज घिमिरेको घरमा काटेको १२ किलो हरिणको मासु, हरिणको सिङ्ग, टाउको सहित घरमै लुकाइ राखेको ३ नाल भरुवा बन्दुक, बारुद १०० ग्राम र खुकुरी सहित सोही स्थान बस्ने २५ वर्षका एसुब राना मगर र २५ वर्षीय सागर मगरलाई पक्राउ गरेको हो ।
पक्राउ परेकामाथि थप अुनसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post