मोरङ उर्लाबारी नगरपालिका ६ स्थित बसपार्क नजिकबाट प्रतिबन्धित औषधीसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थान १ बस्ने २१ वर्षीय सुमन दमाई रहेका छन् ।
गएराति ९ बजे इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई प्रतिबन्धित औषधी Tramadol १७० क्याप्सुल र Spaspain २०० क्याप्शुल सहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post