उदयपुर : उदयपुर त्रियुगा नगरपालिका ७ को बागेश्वरी सामुदायिक वनमा रुख काट्ने क्रममा काटीरहेको रुखको हाँगाले लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा खोटाङ हलेसी तुवाचुङ नगरपालिका ८ धितुङ का २२ बर्षीय सरोज राई रहेका छन् ।
दिउसो सामुदायिक वन डिभिजन कार्यालय गाईघाटबाट कटान आदेश लिएर रुख काट्न गएका राईको रुखको हाँगाले टाउकोमा लागेर घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।












Discussion about this post