उदयपुर : उदयपुर त्रियुगा नगरपालिका ३ मोतिगढाका ५० वर्षीय पर्शुराम चौधरीलाई अटोमेटिक पेस्तोल सहित प्रहरीले पक्राउ गरेको छ ।
मोतिगढा स्थित आफ्नै घरमा बस्दै आएका चौधरीले हतियार लुकाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट गएको प्रहरी टोलीले उनको कोठाबाट (Made in USA) लेखिएको पेस्तोल थान १ र गोली ५ राउण्ड फेला पारेर बरामद गरेको थियो ।
प्रहरीले थप अनुसन्धान गर्ने क्रममा उनकै कोठाबाट अखिल नेपाल ट्रेड युनियन महासंघ लेखिएको सहयोग रसिद ८ ठेली, नेकपा माओबादी केन्द्र लेखिएको सदस्यता पत्र थान ३, खिल नेपाल निर्माण मजदुर संघ लेखिएको सदस्यता पत्र थान ८५ समेत फेला पारेको थियो ।
पक्राउ परेका चौधरी उपर थप अनुसन्धान तथा कानुनि कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।












Discussion about this post