झापा : मेचीनगर नगरपालिका– ५ अँधेरी निवासी ४० वर्षीय भीमराज लिम्बूको मङ्गलबार राति आफ्नै साथीबाट हत्या भएको छ । हत्या आरोपमा लिङ्देनकै साथी सोही स्थानमा बसोबास गर्ने वर्ष ५६ का शुक्रराज लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।
सामान्य आपसी झगडा हुँदा खुट्टामा बाँध्ने क्र्याक ब्यान्डेजले मृतकको घाँटीमा बाँधेर हत्या गरेको आरोपी शुक्रराजले प्रहरीसमक्ष बयानमा स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले बताएका छन् ।
स्थानीय इटाभट्टा छेउमा क्र्याक ब्यान्डिजको कपडाले घाँटी बाँधिएको र मुखबाट रगत बगिरहेको अवस्थामा लिङ्देनको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।
शव परीक्षणका लागि मेची अस्पताल लगिएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले झापाले जनाएको छ ।













Discussion about this post