इटहरी : दुहबी नगरपालिका वडा नं. ८ ले यहाँका गरिब, दलित, बिपन्न तथा मुसहर बस्तीका २ सय २९ घर परिवारलाई राहत बितरण गरेको छ ।
मुसहर बस्तीमा प्रत्येक घर परिवारलाई परिवारको संख्या अनुसार १० देखि १५ किलो चामल, नुन, तेल, साबुन, दाल आदि अत्यावश्यक सामाग्री बितरण गरिएको वडा सदस्य विनय दाहालले बताए ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले गर्दा सरकारले पछिल्लो ८ दिनको लकडाउनको म्याद थपेकाले बिपन्न मानिसहरूको अवस्थालाई मध्येनजर गर्दै राहत वितरण गरिएको उनले बताए ।
Discussion about this post