मोरङ : मोरङको पथरीशनिश्चरे र कानेपोखरीको स्थानबाट लागूऔषध ब्राउनसुगरसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
आज बिहान साढे ६ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले चारजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मोरङको पथरीशनिश्चरे नगरपालिका १ सिनेमाहल छेउबाट सोही स्थानका ३५ वर्षीय नारायण परियार र ३२ वर्षीय कृष्ण दर्नाललाई पक्राउ रहेका छन्। प्रहरीले उनीहरुलाई लागूऔषध ब्राउनसुगर १३ ग्राम ८०० मिलिग्राम र तौल गर्ने डिजिटल मेशिन सहित पक्राउ गरेको छ ।
त्यस्तै, बिहीबार राति सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले कानेपोखरी गाँउपालिका २ का ३१ वर्षीय हर्क बिष्ट र २७ वर्षीय योगेन्द्र निरौलालाई घरबाट लागूऔषध ब्राउनसुगर २ ग्राम ४०० मिलिग्राम सहित पक्राउ गरेको छ । पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।












Discussion about this post