Tuesday, September 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

धरानका कृषकहरुलाई कालो बंगुरको पाठापाठी उपहार

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ४, २०७८
in विविध, समाचार
0
धरानका कृषकहरुलाई कालो बंगुरको पाठापाठी उपहार
341
SHARES
Share on FacebookShare on Twitter

धरान : धरान उपमहानगरपालिकाले कृषकहरुलाई कालो बंगुरको पाठापाठी वितरण गरेको छ ।

उपमहानगरपालिकाले २५ जना कृषकहरुलाई प्रति व्यक्ति ४ वटाका दरले १ सय वटा कालो बंगुरको पाठापाठी वितरण गरेको हो ।

धरान १३ स्थित कृषि उपज बजारमा आज एक कार्यक्रमको आयोजना गरि धरान उपमहानगरपालिकाका मेयर तिलक राईले कृषकहरुलाई कालो बंगुरको पाठापाठी वितरण गरेका थिए ।

मेयर राईले कृषकहरुलाई उपयुक्त खोर बनाउन सुझाव दिदँै बंगुरको पाठापाठी लगेर मास्न नहुने बताए । कृषकहरुलाई प्राविधिक ज्ञान र सहयोग रहने पनि उनले बताए । बेला बेलामा कृषि शाखाका प्राविधिकहरुलाई बोलाएर परामर्श लिन उनको आग्रह थियो ।

‘धरान उपमहानगरपालिकाले अनुगमन पनि गर्छ, अनुगमनमा हामीले दिएको बंगुरको पाठापाठी खोरमा भेटिएनौ भने तपाईहरुलाई कारबाही पनि हुन्छ, जरिवाना पनि हुन्छ,’ मेयर राईले भने, ‘किसानहरु सही ढंगबाट हिड्न सक्यो भने स्थानीय सरकार, प्रदेश र केन्द्रिय सरकारले आवश्यक परेको खण्डमा अनुदान दिन सक्छ ।’

मेयर राईले पशुपालनबाट फाईदा लिन सकिने बताउँदै धरान उपमहानगरपालिकाले कालो बंगुरलाई प्रवद्र्धन गर्ने उद्देश्य लिएको बताए ।

धरान उपमहानगरपालिकाका पशु शाखाका अनुसार यस भन्दा अघि २५ जना कृषकहरुलाई एक सय वटा बंगुरको पाठापाठी वितरण गरिएको थियो ।

यस्तै, दोश्रो चरण अन्तर्गत आज धरान वडा नं. ६ चौकीडाँडा बंगुर पालन कृषक समूह, वडा नं. ४ का खैरेनीटार बंगुर पालन कृषक समुहका २५ जना कृषकलाई छनौट गरेर एक सय वटा बंगुरको पाठापाठी वितरण गरिएको जनाएको छ ।

यस्तै, पहिलो चरण अन्तर्गत पत्रङबारी बंगुर पालन कृषक समूहका छुटेका ५ जना कृषकलाई पनि आज बंगुरको पाठापाठी वितरण गरिएको पशु शाखाले जनाएको छ ।

Tags: #कृषि#धरान#धरान उपमहानगरपालिकातिलक राई
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…
समाचार

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

by सुनम रेग्मी
भदौ २३, २०८३
0

इटहरी : सुनसरी प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागूऔषध ब्राउनसुगर र गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट...

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन
विविध

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

by मनाेज अधिकारी
भदौ २३, २०८३
0

इटहरी : भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेप्रति इटहरीमा दीप प्रज्वलन तथा शोकसभा गरी भावपूर्ण श्रद्धाञ्जली...

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

भदौ २३, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आज यी राशिलाई हुनेछ लाभ (भदौ २३ गते मंगलबार)

भदौ २३, २०८३
भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ

भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ

भदौ २२, २०८३
हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

भदौ २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

भदौ २३, २०८३
भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भदौ २३, २०८३
विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

भदौ २३, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आज यी राशिलाई हुनेछ लाभ (भदौ २३ गते मंगलबार)

भदौ २३, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    281 shares
    Share 112 Tweet 70

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.