Saturday, September 12, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

बर्सेनि बाढीको त्रासमा इटहरी गैरीगाउँका बासिन्दा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ५, २०७८
in टाकुरा विशेष, समाचार
0
बर्सेनि बाढीको त्रासमा इटहरी गैरीगाउँका बासिन्दा

बुढीखोलाकिनारमा बाँधेको तटबन्धन अहिले कामै नलाग्नेगरी भत्किएको छ ।

243
SHARES
Share on FacebookShare on Twitter

इटहरी : झन्डै चार बर्षअघि विनासकारी बाढीबाट इटहरीमा एकै घरका तीन जनासहित दस जना बेपत्ता भए । जसमध्ये ८ जनाको शव भेटियो । दुईजना अझै बेपत्ता छन् ।

इटहरी वडा नं. ४ को गैरीगाउँका एकैघरका रामकुमार राई, आशा राई र निमेष राईलाई बाढीले बगायो । यीमध्ये आशाको शव भेटियो । रामकुमार र निमेषको शव अझै भेटिएको छैन । आशा र राजकुमार श्रीमान–श्रीमती हुन् भने निमेष छोरा ।

आशा र राजकुमारकोमा पाहुना गएकी सानुमाया राई छ घण्टा बगेर बच्न सफल भइन् । उनको त्यो घटना सम्झदा अहिले पनि स्थानीयको आङ् नै सिरिङ् हुन्छ ।

बाढीमा दस किलोमिटर बगेकी सानुमाया चार वर्ष अघिको घटना सम्झदै भन्छिन्, ‘दिउँसै बाढी आएको हल्लाले गर्दा राति निन्द्रा लागेको थिएन, उहाँहरु सुति सक्नुभएको थियो ।’ उनका अनुसार राति उज्यालोले सुतेको खटिया मुनीसम्म पानी आएको देखिन् अनि कराइन् । उनले जोडले कराएपछि दिदी–भिनाजुसँगै अरु भाईबहिनी उठे ।

बाहिर निस्कन लाग्दा दिदी आशादेवी राईं र भिनाजु राजकुमार राईंलाई खोलाले बगायो । दिदी भिनाजुका दुई जना छोराछोरीलाई पनि बगायो । तर, गाउँलेले केही बेरमै उद्दार गरे । त्यही बेला उनलाई पनि खोलाले बगायो । सानुले निरन्तर हात–खुट्टा चलाइन् । बीच बीचमा ठूला ठूला झाडी र रुखमा उनी ठोकिने गर्थिन् । घरीघरी उनलाई बाढीले भित्र पसाउन्थ्यो त घरीघरी बाहिर निकाल्थ्यो । उनले आँखा नहेरीकन निरन्तर संघर्ष गरिरहिन् ।

बर्षायाम सुरु भएपछि इटहरी गैरीगाउँका बासिन्दाले सानुमायालाई सम्झन्छन्, सानुमाया र उनले भोगेका कथा सुन्न लालायित बन्छन् । तर, वर्षेनी यो समस्या दोहोरिदाँ त्रासमा बस्न बाध्य रहेको स्थानीयको भनाइ छ ।

स्थानीय राजकुमार भुजेल भन्छन्, ‘बर्सेनि बाढीको समस्या दोहोरिदाँ त्रासमा बस्न बाध्य छौँ, सरकारले जहिल्यै पनि घटना भइसकेपछि मात्रै चासो देखाएजस्तो गर्छ ।’ स्थानीय बुढीखोलामा आएको बाढीले बर्सेनि गैरीगाउँलाई पिरोल्छ । स्थानीय सरकारले त्यसको दीर्घकालीन समाधान नगरेका कारण यो समस्या झेल्नुपरेको उनको भनाइ छ ।

‘जहिल्यै पनि असार, साउनमा बाढी आउँछ, केही न केही क्षती गरेरै जान्छ,’ उनले केही आक्रोश पोखिएको अनुहारसहित भने, ‘यहाँका अधिक घरपरिवार मजदूरी नै गरेर जीविकोपार्जन गर्ने भएकाले अन्नबालीमा पनि बाढीले क्षति पुर्याउछ, पशुपंक्षीमा पनि बाढीले क्षति गर्ने गरेको छ, यसबारेमा हाम्रो गुनासो सुनिदिने कोही नै छैन ।’

०७४ सालको घटना पुनः नदोहरियोस् भनेर इटहरी उपमहानगरले २०७५ साल पौष २८ गतेबाट राष्ट्रपति चुरे संरक्षणबाट आएको करिब ६० लाख र अन्य स्रोत जुटाएर तारजाली लगाएर नदी नियन्त्रण गर्ने प्रयास गरेपनि तटबन्धन भत्किएको छ । तटबन्धनका कारण केही हदसम्म भएपनि बाढी नियन्त्रण भएपनि तटबन्धन भत्किदाँ त्रासमा रात बिताउन बाध्य भएको स्थानीय बताउँछन् ।

स्थानीय तहले मुख्य आयस्रोतका रूपमा नदीजन्य पदार्थ उत्खनन गर्न ठेक्का दिएपछि तटबन्धन भत्किएको स्थानीय मञ्जु साफीले बताइन् ।

‘नेताहरुले यहाँको मिसगिटी सबै ट्याक्टरमा हालेर लगेको कारण यहाँ बाढी पस्ने गरेको छ,’ उनले भनिन्, ‘करीब १४ बर्ष अगाडि त खोला ठूलो थियो, अहिले त स्थानीय मानिसहरुले पनि खोला मिचेका कारण सानो भएकाले गाउँमा बाढी पस्ने गरेको छ, दिनदिनै ढुंगा, बालुवा खोलाबाट लग्ने गरेका छन् ।’

बाढीका कारण बर्सेनि इटहरी ४ गैरीगाउँका बासिन्दालाई प्रत्यक्ष नकारात्मक प्रभाव पार्ने गरेको उनी बताउँछिन् ।

०७५ मा टीकाप्रसाद पराजुलीको अध्यक्षमा एक समितिबाट तटबन्धन निर्माण भएको थियो । कामको सुरुवातमै चित्तबुझ्दो काम नभएको भन्दै निर्माण गरिसकिएको जाली वाल पुनः निर्माण गरिएको थियो । निर्माण समितिले जग नै नखनी माथि माथि जाली लगाउँदा यस्तो समस्या आएको स्थानीयको बुझाई छ ।

यता, इटहरी ४ का वडाध्यक्ष चन्द्र भट्टराईले भने आँफूहरुले बर्सेनि रुपमा तटबन्धनको काम गरिराखेको प्रतिक्रिया दिए । उनले भने, ‘थोरै पैसा आउँछ, थोरै काम गर्नुपर्छ, सामान्य बाढी आउँदा त त्यस्तो खतरा हुँदैन ।’

विशेषगरी वर्सेनि इटहरीका ३, ४, ६, ९, १०, ११ नं. वडाका बासिन्दा बाढीबाट प्रत्यक्ष प्रभावित बन्दै आएका छन् । यसअघि चालु आर्थिक वर्ष २०७७/७८ मा १ कराड ५० लाख रुपैँया नदि नियन्त्रणका लागि छुट्याएको इटहरी उपमहानगरपालिकाले प्रभावकारी काम गर्न नसक्दा बाढीपीडित जहिल्यै त्रासमा बस्न बाध्य छन् ।

नदि नियन्त्रण योजनामा ९ वटा खालाहरु थिए । ती मध्ये बुढीखोला मानव धर्म छेउमा २० लाख रुपैँया बजेट परेको थियो ।

तर, प्रभावकारी काम नहुँदा स्थानीयले बर्सेनि सास्ती बेहोर्नुपरेको छ ।

Tags: #इटहरीटाकुरा विशेषत्रासबाढी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?
FEATURE BREAKING

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

by सुमन रेग्मी
भदौ २७, २०८३
0

इटहरी : नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा इटहरी कांग्रेसमा आगामी नेतृत्वबारे बहस सुरु भएको छ । नगर सभापतिका लागि...

बाढीपीडितको राहतमा जुट्यो तरहरा
विविध

बाढीपीडितको राहतमा जुट्यो तरहरा

by टाकुरा न्यूज । इटहरी
भदौ २७, २०८३
0

इटहरी : भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित पीडितको राहत तथा पुनर्स्थापनाका लागि इटहरी उपमहानगरपालिका–२० तरहरामा ७ लाख...

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

भदौ २६, २०८३
पूर्वमा चिया पर्यटन

पूर्वमा चिया पर्यटन

भदौ २६, २०८३
सुनसरीको चतरास्थित कोसी पुल नजिक दुर्घटना, एक युवकको मृत्यु

मदन भण्डारी लोकमार्ग : उदयपुरको आर्थिक समृद्धि

भदौ २६, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आजको राशिफल (भदौ २६ गते शुक्रबार)

भदौ २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

भदौ २७, २०८३
बाढीपीडितको राहतमा जुट्यो तरहरा

बाढीपीडितको राहतमा जुट्यो तरहरा

भदौ २७, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

यी राशिलाई आज भाग्यले साथ दिने (आजको राशिफल)

भदौ २७, २०८३
इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

भदौ २६, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    344 shares
    Share 138 Tweet 86
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    312 shares
    Share 125 Tweet 78
  • साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

    235 shares
    Share 94 Tweet 59

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.