इटहरी : कोरोना भाइरसको जोखिम बढिरहेका बेला विपन्न बर्गको खाने आधार नै नरहेको भन्दै विभिन्न सथानीय तह तथा अन्य संघसंस्थाले राहत वितरण गरिरहेका छन् ।
यसैक्रममा इटहरी उपमहानगरपालिकामा भने राहत भन्दै इटहरीका विपन्न परिवारलाई कुहिएको चामल वितरण गरिएको छ । शनिबार उपमहानगरपालिकाले राहत स्वरुप बाढेको चामल कुहिएको भन्दै विपन्न परिवारले गुनासो गरेका छन् ।
इटहरीका मेयर द्वारिकलाल चौधरी स्वयम्ले लिएर गएको चामल कुहिएको र अत्यधिक ढुङ्गा लागेको इटहरी १७ का हरि पोखरेलले बताए । उनले दैनिक ज्यालामजदुरी गर्ने इटहरी १ मुसहर टोलका विपन्न परिवार र इटहरी १७ का स्थानीय बासिन्दालाई जम्मा गरेर कुहिएको चामल वितरण गरेको आरोप लगाए । सरकारले वितरण गरेको चामलका कारण विरामी नै हुने अवस्था आयो, उनले गुनासो गर्दै भने, हामीले चामलको फोटो खिचेर राखेका छौँ ।
सरकारले वितरण गरेको चामल खान योग्य नभएको मुसहर बस्तीका बासिन्दाहरुको गुनासो रहेको छ ।
सुनसरीमा कर्फ्यू आदेश हटाइयो, निषेधाज्ञा भने कायमै
इटहरी : जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज घटनापछि लागू गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा...















Discussion about this post