Tuesday, September 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

धरान उपमहानगरपालिकाद्धारा किसानलाई खेत जोत्ने मिनी ट्रिलर हस्तान्तरण, कृषक खुशी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ८, २०७८
in विविध, समाचार
0
धरान उपमहानगरपालिकाद्धारा किसानलाई खेत जोत्ने मिनी ट्रिलर हस्तान्तरण, कृषक खुशी
204
SHARES
Share on FacebookShare on Twitter

धरान : धरान उपमहानगरपालिकाले किसानलाई मिनी ट्रिलर हस्तान्तरण गरेको छ ।

आज (मङ्गलबार) उपमहानगरपालिका परिषरमा मेयर तिलक राईले धरान वडा नं. २० स्थित रहेको कोकाहा बहुउद्देशीय कृषि समूहका किसानलाई दुई थान मिनी ट्रिलर हस्तान्तरण गरेका हुन् ।

किसानलाई मेशिन हस्तान्तरण गर्दै मेयर राईले केन्द्र, प्रदेश सरकार र स्थानीय सरकारले धेरै लागत साझेदारीमा किसानहरुलाई विभिन्न योजनाहरु हस्तान्तरण गरिरहेको बताए ।

‘विष्णुपादुकामा चक्लाबन्दी कार्यक्रम खेतको गराहरु सा–सानो गरा त्यसमा एक हल गोरु पनि नअट्ने, त्यसलाई चक्लाबन्दी गरेर, फाँटिलो बनाएर कम्तिमा मेशिनहरु चलाउन सक्ने, ट्याक्टरहरु चलाउन सक्ने गरि योजनाहरु अगाडि बढिरहेको छ,’ मेयर राईले भने ।

उनले केन्द्र, प्रदेश र उपमहानगरपालिकाको अनुदानको मात्रै भरपर्न नहुने भन्दै किसानले आफै पनि लगानी गर्नुपर्ने बताए ।

कृषि शाखाका अधिकृत नगेन्द्र तामाङले उपमहानगरपालिकामा संघीय सरकारको शसर्त अनुदानको राष्ट्रिय महत्वको बाली प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना पकेट कार्यक्रम अन्तर्गत किसानलाई खेत जोत्ने मेशिन उपलब्ध गराईएको जानकारी दिए ।

उनका अनुसार संघीय सरकारबाट शसर्त अनुदान भनेर २० लाख रुपैँया बजेट आएको छ ।

राष्ट्रिय महत्वको बाली धान पकेट कार्यक्रम सञ्चालनका लागि उक्त बजेट आएको हो । दुई थान खेत जोत्ने मेशिन २ लाख रुपैयाँमा खरिद गरेर कोकाहा बहुउद्देशीय कृषि समूहलाई आज हस्तान्तरण गरिएको उनले बताए । समूहमा १६ जना कृषक रहेका छन् । लाभान्वित घर परिवार संख्या ४० जना छन् ।

विष्णुपादुकाको २० हेक्टर जमीनमा भड्डु धान रोप्ने गरिएको तामाङको भनाइ छ ।  ‘रैथानेबालीलाई संरक्षण गर्न किसानहरु लगायत उपमहानगरपालिकाको साझेदारीमा सञ्चालन भईरहेको छ,’ उनले भने ।

कृषि समूहका अध्यक्ष मचिन्द्र राईले उपमहानगरपालिकाको कृषि शाखाले धान पकेटको लागि खेत जोत्ने मेशिन मिनि ट्रिलर दिदाँ आफूहरु खुशी भएको बताए ।

‘उपमहानगरपालिकाले यस्ता किसिमका योजना ल्याउँदा धेरै उत्पादन गर्नका लागि हौशला मिल्छ,’ उनले भने, ‘किसानहरुलाई केन्द्र, प्रदेश र स्थानीय सरकारले पहिचान गरेर हरेक क्षेत्रमा सहयोग गर्न आवश्यक छ ।’

Tags: #कृषि#धरान#धरान उपमहानगरपालिकातिलक राईविष्णुपादुका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…
समाचार

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

by सुनम रेग्मी
भदौ २३, २०८३
0

इटहरी : सुनसरी प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागूऔषध ब्राउनसुगर र गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट...

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन
विविध

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

by मनाेज अधिकारी
भदौ २३, २०८३
0

इटहरी : भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेप्रति इटहरीमा दीप प्रज्वलन तथा शोकसभा गरी भावपूर्ण श्रद्धाञ्जली...

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

भदौ २३, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आज यी राशिलाई हुनेछ लाभ (भदौ २३ गते मंगलबार)

भदौ २३, २०८३
भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ

भोटेकोशी विपत्तिका दिवंगतको स्मृतिमा सुनसरीमा सामूहिक पाठ

भदौ २२, २०८३
हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

हिमाल चढ्नेहरूको भीडमा टासीको अधुरो यात्रा

भदौ २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

भदौ २३, २०८३
भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भदौ २३, २०८३
विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

भदौ २३, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आज यी राशिलाई हुनेछ लाभ (भदौ २३ गते मंगलबार)

भदौ २३, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    281 shares
    Share 112 Tweet 70

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.