इटहरी : एम्बुलेन्स दुर्घटना हुँदा एक स्वास्थ्यकर्मीको निधन भएको छ । एम्बुलेन्सको ठक्करबाट सुनसरीको इनरुवा ६ मधेशाकी रत्ना श्रेष्ठको मृत्यु भएको हो । उनी मधेशा स्वास्थ्य चौकीमा कार्यरत रहेकी थिईन् ।
को १ च ९६०५ नम्बरको एम्बुलेन्सले को १६ प २०६४ नम्बरको स्कुटीमा सवार ३५ वर्षीया श्रेष्ठलाई ठक्कर दिएको थियो ।
ठक्करबाट टाउकोमा गम्भीर चोट लागेको र उपचारको लागि न्यूरो हस्पिटल बिराटनगर लैजादैँ गर्दा उनले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । एम्बुलेन्स तीब्र गतिमा रहेका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
Discussion about this post