झापा : झापाको दमकबाट लागूऔषधसहित प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गौरादह ५ झापाका विवेक लिम्बू, सौरभ राई र चुलाचुली ४ इलामका विक्रम राई र खगेन्द्र सावाँ लिम्बू रहेको प्रहरीले जनाएको छ ।
सोमबार इलाका प्रहरी कार्यालय दमकको टोलीले दमक ६ थाना रोडमा शंकास्पद अवस्थामा हिँडिरहेका २६ वर्षीय विवेक र २२ वर्षीय सौरभलाई खानतलासी गर्दा लागूपदार्थ जस्तो देखिने लेसाइलो बस्तु प्लास्टिक बाहेक २ ग्राम फेला पारेको थियो ।
उनीहरुलाई सोधपुछको क्रममा आफुहरुले उक्त ब्राउनसुगर चुलाचुली ४ घर भई हाल दमक ५ बस्ने ३१ वर्षीय विक्रम राई र ३७ वर्षीय जेम्स भनिने खगेन्द्र सावाँ लिम्बूबाट खरिद गरेको भन्ने बयानको आधारमा निजहरुको कोठा खानतलासी गर्दा ५ लाख १४ हजार ३०० नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post