Friday, July 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

२६ औं विश्व खेलकुद दिवस : धरानका ७ जना स्वर्ण पदक विजेता बक्सिङ खेलाडीहरुलाई पुरस्कार

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १८, २०७८
in खेलकुद, समाचार
0
२६ औं विश्व खेलकुद दिवस : धरानका ७ जना स्वर्ण पदक विजेता बक्सिङ खेलाडीहरुलाई पुरस्कार
189
SHARES
Share on FacebookShare on Twitter

धरान : २६ औं विश्व खेलकुद दिवसको अवसरमा धरानका ७ जना स्वर्ण पदक विजेता बक्सिङ खेलाडीहरुलाई प्रोत्साहन पुरस्कार वितरण गरिएको छ ।

आज (शुक्रबार) सुनसरी जिल्ला बक्सिङ संघले धरान १६ स्थित रंगशालामा आयोजना गरेको कार्यक्रममा धरान उपमहानगरका मेयर तिलक राईले खेलाडीहरुलाई जनही ५ हजार रुपैयाँ प्रोत्साहन पुरस्कार वितरण गरेका हुन् ।

धरानमा आयोजित गत चैत्र २५, २६ र २७ गते प्रदेश स्तरिय वीर गणेशमानसिंह नोभिस बक्सिङ च्याम्पियनसीप प्रतियोतामा धरानका ७ जना खेलाडीहरुले स्वर्ण पदक जितेका थिए । विजेता खेलाडीहरुलाई सुनसरी जिल्ला बक्सिङ संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा प्रोत्साहन पुरस्कार वितरण गरिएको हो ।

बक्सिङ खेलमा पहिलोपटक रिङमा प्रवेश गर्ने खेलाडीलाई नोभिस भनिन्छ । मेयर राईले स्वर्ण पदक विजेता खेलाडीहरुलाई जनही नगद ५ हजार रुपैयाँ दिने घोषणा गरेका थिए ।

सुनसरी जिल्ला बक्सिङ संघका अध्यक्ष विकास कुमार गुवाजुका अनुसार वीर गणेशमानसिंह नोभिस बक्सिङ च्याम्पियनसीप प्रतियोगितामा महिलातर्फ (५१ केजि) ओङबुङ्ला हाङमा शुभानी राई, (५४ केजि) एलिसका रत्न, (५७ केजि) सृजना गुरुङले स्वर्ण पदक प्राप्त गरेका थिए भने पुरुषतर्फ (५२ केजि) सिंहवीर लिम्बु, (५६ केजि) सौगात लामा, (६४ केजि) धिरज गुरुङ र (७५ केजि) अमृत लिम्बुले स्वर्ण पदक जितेका थिए ।

साथै, प्रशिक्षक शौरभ लामालाई पनि मेडल लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा मेयर राई र वडा नं. १८ का वडाध्यक्ष प्रविण राई (नरेन्द्र) ले बक्सिङ संघलाई ५ हजार रुपैयाँ सहयोग समेत गरे ।

मेयर राईले खेलकुद क्षेत्रमा धेरै खर्च गर्न नसकेको बताउँदै उपमहानगरपालिकाले चालू वर्षमा एक करोड बजेट छुट्याएको बताए ।

‘हामीले अलिकति बजेट थप्न खोजेका थियौं, अलिकति थप्न खोज्दाखेरी बजेटको अभाव भयो,’ मेयर राईले भने, ‘तर, पनि यसपालि हामिले खेलकुदमा साह्रोगाह्रो नपरोस् भनेर विविध पक्षहरुमा खेल मैदान र व्यवस्थापन शिर्षकमा केही पैसा राखेका छौं, त्यसले पनि खेल क्षेत्रमा थप टेवा पुग्नसक्छ ।’

खेल क्षेत्र ठुलो क्षेत्र रहेको बताउँदै मेयर राईले उपमहानगरपालिकाले खेलकुद क्षेत्रलाई प्रथमिकतामा राखेको बताए । मेयर राईले खेललाई व्यवसायीकरण गर्न समेत सुझाव दिएका थिए ।

 

Tags: #खेलकुद#धरान#धरान उपमहानगरपालिकातिलक राईपुरस्कार
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

साइकल यात्रामार्फत हरित सन्देश फैलाउँदै ‘तरहरा कोरा’
विविध

साइकल यात्रामार्फत हरित सन्देश फैलाउँदै ‘तरहरा कोरा’

by टाकुरा न्यूज । इटहरी
साउन ७, २०८३
0

इटहरी : स्वास्थ्य प्रवर्द्धन, वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वलाई एउटै अभियानमार्फत जोड्ने उद्देश्यसहित आयोजना हुन लागेको ‘तरहरा कोरा २०२६’ मा...

नापतौलमा ठगी गर्ने ६ हजार व्यावसायिक प्रतिष्ठानमाथि कारबाही
विविध

नापतौलमा ठगी गर्ने ६ हजार व्यावसायिक प्रतिष्ठानमाथि कारबाही

by रासस
साउन ७, २०८३
0

तोकिएको समयमा नापतौलयन्त्रको इजाजतपत्र नवीकरण नगर्ने, तथा उपभोक्तालाई ठगी गर्ने ६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही गरिएको छ । गुणस्तर तथा...

तेह्रथुममा छोराले बञ्चरो प्रहार गरी बाबु–आमाको हत्या गरे

तेह्रथुममा खुकुरी प्रहारबाट महिलाको हत्या

साउन ७, २०८३
तस्बिरमा हेर्नुहोस् इलामको अन्तुमा रहेको पोखरी र चिया बगान

सडक अवरुद्धपछि इलाममा खाद्य, इन्धन र विद्युत् संकट, व्यवसायीद्वारा राहत घोषणा गर्न माग

साउन ७, २०८३
लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

तीन वर्ष कैद सजाय पाएका फरार प्रतिवादी धरानबाट पक्राउ

साउन ७, २०८३
झापा अदालतमा सात हजार ५४९ मुद्दामध्ये तीन हजार अझै विचाराधीन

झापा अदालतमा सात हजार ५४९ मुद्दामध्ये तीन हजार अझै विचाराधीन

साउन ७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

साइकल यात्रामार्फत हरित सन्देश फैलाउँदै ‘तरहरा कोरा’

साइकल यात्रामार्फत हरित सन्देश फैलाउँदै ‘तरहरा कोरा’

साउन ७, २०८३
नापतौलमा ठगी गर्ने ६ हजार व्यावसायिक प्रतिष्ठानमाथि कारबाही

नापतौलमा ठगी गर्ने ६ हजार व्यावसायिक प्रतिष्ठानमाथि कारबाही

साउन ७, २०८३
तेह्रथुममा छोराले बञ्चरो प्रहार गरी बाबु–आमाको हत्या गरे

तेह्रथुममा खुकुरी प्रहारबाट महिलाको हत्या

साउन ७, २०८३
तस्बिरमा हेर्नुहोस् इलामको अन्तुमा रहेको पोखरी र चिया बगान

सडक अवरुद्धपछि इलाममा खाद्य, इन्धन र विद्युत् संकट, व्यवसायीद्वारा राहत घोषणा गर्न माग

साउन ७, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1107 shares
    Share 443 Tweet 277
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    771 shares
    Share 308 Tweet 193
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    606 shares
    Share 242 Tweet 152
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    599 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    465 shares
    Share 186 Tweet 116

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.