इटहरी : सुनसरीको दुहबी ९ मा दुई समुहबीच राहतको नाममा झडप भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पुरानो रिसिबीका कारण राहतको विषयमा झडप भएको हो । झडपमा एक जना प्रहरी जवान अनिल यादव सहित एक दर्जन बढी घाईते भएको ईलका प्रहरी कार्यालय दुहबीका इन्सपेक्टर प्रविण कार्कीले जानकारी दिए। घाईतेहरुको स्थानीय मेडिकलमा उपचार भईरहेको उनको भनाई रहेको छ ।
राहत वितरणमा अनियमितता भएको भन्दै पछिल्लो समय विवाद चर्केको थियो । अनियमितताको विषयमा एक जना युवाले फेसबुक स्टाटस लेखेपछि सो विषयमा छलफल गर्न बसेको बेलामा विवाद चर्केर कुटाकुट भएको हो ।
यता दुहबी ९ का वडाध्यक्ष मेहदी हुसैनले राजनीतिक पुर्वग्राहका कारण आरोप लगाएकोले आँफूहरु छलफलकै क्रममा रहेको जानकारी दिए ।
लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने
इटहरी : सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउन आवश्यक निरोगिताको प्रमाणपत्र लिन कोशी प्रदेशका सेवाग्राहीले अब पाँच सय रुपैयाँ खर्च गर्नुपर्ने...















Discussion about this post