इटहरी : निरन्तरको वर्षाका कारण सुनसरी र मोरङमा रहेका विभिन्न खोलाहरुमा आज (शनिबार) बिहानैदेखि ठूलो बाढी आएको छ ।
यसवर्ष मनसुन सुरु भएपछि सुनसरी र मोरङमा रहेका विभिन्न खोलाहरुमा ठूलो बाढी आएको हो । जल तथा मौसम विभागले सुनसरीको इटहरी, तरहरा, मोरङको सुन्दहरैँचा, बेलबारी लेटाङ लगायतका दर्जनौँ स्थानमा छ घण्टासम्म निरन्तर वर्षा भएको जनाएको छ ।
निरन्तर भीषण वर्षा भएका कारण खोलानजिक बसोबास गरिरहेकाहरुले उच्च सतर्कता अपनाउन आवश्यक रहेको विभागको भनाइ छ ।
विभागले खोलाहरुमा पानीको सतह बढेको र सतर्कता अपनाउनुपर्ने विषयमा आज बिहानै सबैमा सूचित गरिसकेको छ ।
विभागका अनुसार मोरङ र सुनसरीका बूढी, सेउती, केसलिया, लोहन्द्रा, गछिया, जौलाहा, बक्राहा लगायतका कैयौं खोलाहरुमा पानीको सतह बढेको छ ।
यो पनि – इटहरीमा बाढीका कारण डुबान (तस्वीरहरुसहित)
यो पनि – सप्तकोसीमा पानीको बहाव यो वर्षकै उच्च, २८ वटा ढोका खोलिए














Discussion about this post