मोरङ : मोरङ बेलबारी नगरपालिका ७ का ४८ वर्षीय सीता घिमिरेलाई उनकै श्रीमान् ५६ वर्षीय अम्बिका घिमिरेले हत्या गरेका छन् ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली खटि गई हत्यामा संलग्न घिमिरेलाई घरबाट २ किलोमिटर दक्षिणमा गुवालीमा लुकी छिपी बसेको अबस्थामा आज बिहान ५ बजे पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार हिजो बेलुका घिमिरेले मादक पदार्थ सेवन गरी घरमा गएको र श्रीमतीसँग सामान्य वादविवाद भई दुवै जना सुतेको र राती उठेर एक्कासी आवेगमा काठको मुङ्ग्रोले हिर्काएर सीताको हत्या गरेका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनले निदाएकी सीताको कन्चटमा करीब पाँचपटक मुङ्ग्रो प्रहार गरेका थिए ।
पक्राउ परेका घिमिरेमाथि ज्यान सम्बन्धी कसूरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post