इटहरी : सुनसरीको कोशी गाउँपालिका ५ का अजल मियाको ९ वर्षीय छोरा इर्फान मियाँको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ ।
आइतबार दिउँसो ३ बजेको समयमा घर नजिकै खेल्ने क्रममा सोही स्थानमा रहेको पानी जमेको खाल्डोमा अचानक डुबेर घाईते भएका बालकको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको हो ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।














Discussion about this post