धरान : गत वर्षदेखि धरानबाट सुरु भएको डेंगु रोग पुनः फैलन थालेको छ । गत वर्ष बैशाख अन्तिमदेखि देखिएको डेंगु यसपटक चैत्र महिना देखि नै देखा पर्न थालेको हो ।
धरानमा अहिलेसम्म तीनजनामा डेंगु भएको पुष्टि भईसकेको छ । केही साता यता धरानमा एकजनामा डेंगुको पुष्टि भएको थियो भने धरानको वीरेन्द्र मेडिकल हलमा बिरामी भएर स्वास्थ्य परीक्षण गर्न आएका अरु थप दुईजनालाई पनि डेंगुको पुष्टि भएको हो ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका बरिष्ठ कविराज रामबाबु यादबका अनुसार धरान–१२ का ५४ बर्षीया एक महिला र धरान–१५ का १९ बर्षीय किशोरमा डेंगु भेटिएको हो । ‘यसअघि एकजनामा लागेको डेंगु निको भइसकेको अवस्था छ,’ उनले भने, ‘घर वरिपरी पानी जम्ने र खाल्डाखुल्डीका कारण पनि डेंगु लाग्ने गर्छ ।’
गर्मीयाम सुरु भएका कारण सरसफाईमा ध्यान दिन जरुरी रहेको बताउँदै यादवले घर वरिपरी पानी जम्मा नगर्न आग्रह गरेका छन् ।
सुनसरीको बराहक्षेत्रमा ६२ केजी गाँजा बरामद, ब्राउनसुगरसहित ६ जना पक्राउ
इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिकामा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गर्नुका साथै ब्राउनसुगरसहित ६ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी...













Discussion about this post