इटहरी : सुनसरी जिल्ला अदालतबाट लागूऔषध मुद्धामा दोषी ठहर भई फरार रहेका दुई प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इटहरी २ का २८ वर्षीय विकाश कार्की र मोरङ कानेपोखरी ३ का ४१ वर्षीय लक्ष्मण सार्की रहेका छन् । फरार प्रतिबादी खोजतलास अभियान अन्तरगत १ नम्बर प्रदेश प्रहरी कार्यालय समूहबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई शुक्रबार पक्राउ गरेको हो ।
पक्राउ परेका लक्ष्मणलाई सुनसरी जिल्ला अदालतबाट २०७३ साल भदौ ४ गते ४ वर्ष कैद र ४० हजार रुपैँया जरिवाना तोकिएकोमा उनी फरार रहँदै आएका थिए ।
यसैगरी पक्राउ परेका अर्का विकाशलाई पनि सुनसरी जिल्ला अदालतबाट २०७३ साल भदौ २७ गते १ वर्ष कैद र ७ हजार रुपैँया जरिवाना तोकिएकोमा उनी पनि फरार रहँदै आएका थिए ।
फरार पश्चात पक्राउ परेका दुवैजनालाई सुनसरी जिल्ला अदालतमा दाखिला गराई कैद तथा जरिवाना असुल उपरको लागि क्षेत्रीय कारागार झुम्का पठाइएको प्रहरीले जनाएको छ ।












Discussion about this post