तरहरा : इटहरी २० तरहराका सूर्य राईको छतबाट लडेर निधन भएको नौ दिनपछि आइतबार (आज) अन्त्यष्टि गरिएको छ ।
असार १९ गते शनिबार घरको छतबाट लडेर निधन भएका ६६ वर्षीय राईको आइतबार (आज) दिउँसो तरहराको पानीपियामा अन्त्यष्टि गरिएको हो ।
अमेरिकाबाट दुई छोराहरु शनिबार आएसँगै राईको आज अन्त्यष्टि गरिएको हो ।
तरहराको पानीपियामा आइतबार (आज) दिउँसो २ः३० बजे अन्तिम श्रद्धाञ्जली दिईएको थियो । किरात राई यायोख्या सुनसरीले शोकसभा गरेर राईको पार्थिव शरीर अन्त्यष्टि गरिएको स्थानीयले बताए । निजनिवास इटहरी २० एकतामार्गबाट शवयात्रा गरी तरहरा हुँदै पानीपियामा पुर्याएर उनको अन्त्यष्टि गरिएको थियो ।
“सूर्य सर“ नामले परिचीत राई महेन्द्र बहुमुखी क्याम्पस धरानका पूर्व क्याम्पस प्रमुख समेत हुन् ।
अघिल्लो शनिबार घरभित्र पानी पसेपछि छतमा गएर पाइप लिकेज भएको ठाउँमा हेर्ने क्रममा चिप्लिएर लड्दा उनको निधन भएको इलाका प्रहरी कार्यालय इटहरीले पुष्टि गरेको छ ।
नागरिक समाज इटहरीका सल्लाहकार समेत रहेका उनी धेरै विद्यार्थीहरुका गुरु, स्थानीय युवाहरुका मार्गनिर्देशक तथा तरहराका बुद्धिजीवी व्यक्ति हुन् । सीमान्तकृतहरुबारे उनको दृष्टिकोण प्रष्ट रहेको तरहराका बुद्धिजीवीहरुको तर्क छ ।
मृतक किरात राई यायोक्खा सुनसरीको संस्थापक सचिव पनि हुन् । उनी २०४७ देखि २०५३ सम्म २ कार्यकाल सचिवको रुपमा रहेका थिए ।
यो पनि – छतबाट लडेर निधन भएका तरहराका सूर्य राईको आइतबार अन्त्यष्टि गरिने
यो पनि – घरमा पानी चुहिएर हेर्न जाने क्रममा चिप्लिएर लड्दा तरहराका सूर्य राईको मृत्यु















Discussion about this post