इटहरी (डेस्क): विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १६ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या साढे ९५ हजार भन्दा बढी पुगेको छ।
वर्ल्डोमिटर्सको पछिल्लो तथ्याङ्कअनुसार बिहीबारसम्म विश्वमा १६ लाख ३ हजार १ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। सोही अवधिमा ९५ हजार ६ सय ९३ जनाको मृत्युको कारक कोरोना भाइरस बनेको छ।
संक्रमितमध्ये हालसम्म ३ लाख ५६ हजार ४ सय ४० जना उपचारपछि निको भइ अस्पतालबाट घर फर्केका छन्। अहिले विश्वका २ सय ९ देश तथा क्षेत्रमा कोरोना भाइरसका ११ लाख ५१ हजार ३१ जना बिरामी उपचारत छन्। यीमध्ये ४९ हजार १ सय २५ को अवस्था गम्भीर रहेको छ भने ११ लाख १ हजार ९ सय ६ को अवस्था सामान्य रहेको छ।
नेपालमा हालसम्म ९ जनामा कोरोना भाइरसको संक्रमण भएको पाइएको छ। यीमध्ये १ जनाको उपचारपछि निको भइसकेको छ भने बाँकी ८ जना अहिले उपचारत छन्।
Discussion about this post