झापा : झापा मेचीनगर नगरपालिका ९ स्थित लीलाबस्तीमा लागूऔषध ब्राउनसुगर कारोबार गर्ने दुईजनालाई नगद र ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका १ बस्ने २६ वर्षीय सरोज भुजेल र सोही स्थानका ३५ वर्षीय निर्मल भुजेल रहेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टा र इलाका प्रहरी कार्यालय धूलाबारी झापाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागूऔषध ब्राउनसुगर कारोबार गर्न लागेको अवस्थामा पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ३४ ग्राम र नेपाली दुई लाख ५१ हजार फेला पारेको प्रहरीले जनाएको छ । यस्तै, उनीहरुले प्रयोग गरेको मे ४ प ४०९७ र मे ६ प ३२१३ नम्बरको दुईवटा मोटरसाइकल समेत बरामद गरिएको छ भने पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post