झापा : झापा भद्रपुर नगरपालिका ३ बाट लागूऔषध ब्राउनसुगरसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत घर भई हाल ठाकुरगंज बस्ने २८ वर्षीय श्रवण राय रहेका छन् । शनिबार जिल्ला प्रहरी कार्यालय झापा र सीमा प्रहरी चौकी पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध ब्राउन सुगर २१ ग्राम २६० मिलिग्राम सहित पक्राउ गरेको हो ।
पक्राउ परेका रायलाई जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post