इटहरी (डेस्क) : भारतमा एकै परिवारका ८ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। योसँगै भारतमा कोरोना संक्रमित हुने नेपालीको संख्या १२ पुगेको छ।
मुम्बईको गिरगाउँ चौपाटीमा रोजगारी गरेर बस्दै आएका अछाम घर भएका एक नेपाली परिवारका ८ जनामा कोभिड–१९ को संक्रमण देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
एकै परिवारका दुई दाजुभाइ, उनीहरूका श्रीमती र चार बालबालिकामा कोरोना संक्रमण देखिएको सञ्चारमाध्यमले जनाएका छन् ।
Discussion about this post