संखुवासभा : संखुवासभा खाँदवारी नगरपालिका ७ का ६९ वर्षीय जय चापागाईँलाई लागूऔषध अफिम सहित प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा चापागाईँको घरमा लुकाई छिपाई राखेको लागूऔषध अफिम २०४ ग्राम फेला पारेको थियो ।
पक्राउ परेका चापागाईँ उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post