झापा : झापा बिर्तामोड नगरपालिका ९ देवकोटा चौकबाट लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका ८ का २० वर्षीय गोपाल बिश्वकर्मा र इलाम माई नगरपालिका ६ घर भई हाल बिर्तामोड नगरापालिका ८ मा डीडीआर फार्मेसी संचालन गरी बस्ने २० वर्षीय भीष्म वुढाथोकी रहेका छन् ।
शुक्रबार बेलुका विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ब्राउनसुगर ५ ग्राम ५१० मिलिग्रामसहित प्रकाउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post