इटहरी : मालपोत कार्यालय सुनसरीका कार्यालय प्रमुखमा कोरोना संक्रमण पुष्टि भएपछि भूमिसुधार तथा मालपोत कार्यालय इनरुवाको सेवा एक साताका लागि बन्द गरिएको छ ।
मालपोत कार्यालयले एक सूचना जारी गर्दै कार्यालयको आन्तरिक प्रशासनिक र भूमिसुधार फाँट बाहेकका अन्य सम्पूर्ण सेवा बन्द रहने जनाएको छ ।
कार्यालयले जारी गरेको सूचनामा सेवाग्राहीको स्वास्थ्य सुरक्षा र संवेदनशीलतालाई मध्यनजर गर्दै भदौ ७ गतेबाट १४ गते सम्म कार्यालयको कामकाज बन्द रहने उल्लेख गरिएको छ ।













Discussion about this post