ताप्लेजुङ : ताप्लेजुङ फुङलिङ नगरपालिका १० सिम्लेमा रहेको सानिमा हाइड्रोपावरमा काम गर्ने मजदुरको ढुंगाले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ फत्तालुङ गाउँपालिका १ का ४४ वर्षीय खगप्रसाद तामाङ रहेका छन् ।
आज (बिहीबार) दिउँसो साढे १ बजे तामाङ हाइड्रोपावरको भान्सा कोठामा बसिरहको अवस्थामा माथिबाट ढुंगा झरेर किच्दा उनको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी सोही हाइड्रोपावरमै खाना पकाउने काम गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनास्थलमा प्रहरी चौकी शिवा र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली खटिई आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post