Thursday, April 30, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीमा खोपको विषयमा विवाद, कांग्रेस कार्यालय सचिवमाथि अपहरण शैलीमा कार्यकक्षमा थुनियो

वडाध्यक्ष भन्छन्, ‘हामीले ठाउँ मात्रै व्यवस्थित गरिदिएको हो’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ १९, २०७८
in टाकुरा विशेष, समाचार
0
इटहरीमा खोपको विषयमा विवाद, कांग्रेस कार्यालय सचिवमाथि अपहरण शैलीमा कार्यकक्षमा थुनियो

शुक्रबार वडा कार्यालयमा नाराबाजी गर्दै आक्रोशित स्थानीय ।

748
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा खोपको विषयमा विवाद भएको छ । इटहरी उपमहानगरपालिका वडा नं. २ को कार्यालयमा शुक्रबार (हिजो) खोपको विषयमा विवाद भएको हो ।

भेरोसेल खोपको दोस्रो डोज लगाउने कार्यक्रम रहेपनि वृद्ववृद्वा, अशक्त, अपाङ्ग मानिसहरु दुईदिनदेखि लाइन लाग्दा पनि खोप लगाउन पाएका थिएनन् ।

नेपाली कांग्रेस इटहरी २ का सभापति दीपेन्द्र घिमिरेका अनुसार शुक्रबार खोप कार्यक्रम चलिरहेको थियो, जेष्ठ नागरिक, अपाङ्ग, अशक्तहरु बिहीबारदेखि नै लाइन लागेका थिए । तर, शुक्रबार मध्यान्हसम्म पालो नआएपछि लाइनमा बसेका मानिसहरु आक्रोशित भएर वडाध्यक्षविरुद्व नाराबाजी गरिएपछि कांग्रेसका २ नं. वडाका कार्यालय सचिव निराजन पाण्डेमाथि अपहरण शैलीमा कार्यकक्षमा थुनिएको छ ।

‘पानी वितरण गर्नका लागि स्वंयम्सेवकका रुपमा खटिएका हाम्रा कार्यालय सचिवमाथि कार्यकक्षमा थुनिएको छ, अहिले आफूमाथि हातपात भएको भनेर उनीहरुले नै प्रहरीमा उजुरी गरेका रहेछन्,’ घिमिरेले भने, ‘लोचन पौडेलको ठाडो निर्देशनमा दुईजना प्रहरीहरुले धम्कीसहित अपहरण शैलीमा वडा कार्यालयभित्र लगेर मानसिक टचर समेत दिएछन्, उनीहरुका कार्यकर्तालाई लाइन नै नलागेर पनि खोप लगाएको अवस्थामा अशक्तहरुमाथि राजनीति भयो ।’

खोप लगाउने क्रममा नाराबाजी भएपछि पाण्डेले भिडियो खिच्ने क्रममा, किन खिचेको, डिलिट गर् भन्दै प्रहरीहरुले धम्की समेत दिएको घिमिरेको आरोप छ । एमाले २ नं. वडाका अध्यक्ष लोचन पौडेलकै निर्देशनमा प्रहरीहरुले पक्राउ गर्नु र बन्दी सो सरह कार्यकक्षमा थुनिनु आपत्तिको विषय रहेको घिमिरेले बताए । ठूलो स्वरमा बोलेको भन्दै इलाका प्रहरी कार्यालयमा उनीहरुले उजुरी गरेकाले आफूहरु अहिले छलफलमै रहेको उनले बताए ।

यता, वडाध्यक्ष हर्क मगरले भने आफ्नो बचाउ गरे । ‘अब गुण्डाको राज चल्दैन, कार्यालयभित्र छिरेर हातपात भयो,’ फोन सम्पर्कमा टाकुरासँग वडाध्यक्ष मगरले भने, ‘आफैँ वडाध्यक्ष मुर्दावाद भन्न लगाएर नाराजुलुस गर्ने र भिडियो रेकर्ड गर्ने, हामीले खोप लगाउने हो ?, हामीले त ठाउँ मात्रै व्यवस्थित गरिदिएको हो ।’

लोचन पौडेल कर्मचारी हो भनेर सोधिएको प्रश्नमा उनले भने, ‘होइन । एमाले २ नंं. वडा कमिटिको पार्टी अध्यक्ष हो, उहाँमाथि कार्यकक्षमै हातपात भएको छ ।’

उता, इलाका प्रहरी कार्यालय इटहरीमा अहिले कांग्रेस कार्यकर्ताहरु छलफलका लागि भनेर भेला भएपनि एक पक्षमात्रै सहभागी भएकाले छलफलको प्रक्रिया अघि बढेको छैन ।

Tags: #इटहरीकोरोना खोपकोरोनाविरुद्धको खोपखोपटाकुरा विशेषदीपेन्द्र घिमिरेविवाद
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङमा गाउँपालिका अध्यक्षकै सामुन्ने पत्रकारलाई ज्यान मार्ने धम्की
FEATURE BREAKING

मोरङमा गाउँपालिका अध्यक्षकै सामुन्ने पत्रकारलाई ज्यान मार्ने धम्की

by टाकुरा न्यूज । इटहरी
बैशाख १६, २०८३
0

विराटनगर : जथाभावी उत्खनन् गरी नदीजन्य सामग्री चोरी निकासी भइरहेको विषयमा समाचार संकलन गर्न ग्रामथान पुगेका मोरङका पत्रकारहरूलाई उत्खननकर्ताहरूले ज्यान मार्नेसम्मको...

विश्रान्तिधाम गुरुकुललाई २ लाख राशिको ‘सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल राष्ट्रिय शिक्षा संस्कृति’ पुरस्कार
समाचार

विश्रान्तिधाम गुरुकुललाई २ लाख राशिको ‘सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल राष्ट्रिय शिक्षा संस्कृति’ पुरस्कार

by टाकुरा न्यूज । इटहरी
बैशाख १६, २०८३
0

इटहरी : शिक्षा, भाषा र सनातन संस्कृतिको संरक्षणमा सक्रिय संस्थालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिँदै आएको ‘सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल राष्ट्रिय शिक्षा...

खुवालुङको विवाद चर्किएपछि तत्कालका लागि रोकियो

खुवालुङ क्षेत्रमा माङ्खीमसहित सांस्कृतिक संरचनाको शिलान्यास

बैशाख १६, २०८३
‘तरहरा दोस्रो राष्ट्रव्यापी कविता प्रतियोगिता–२०८३’ मा छानिए उत्कृष्ट १० कवि

‘तरहरा दोस्रो राष्ट्रव्यापी कविता प्रतियोगिता–२०८३’ मा छानिए उत्कृष्ट १० कवि

बैशाख १६, २०८३
विद्यार्थी संगठन खारेज गर्ने निर्णयप्रति हर्क साम्पाङको असहमति

विद्यार्थी संगठन खारेज गर्ने निर्णयप्रति हर्क साम्पाङको असहमति

बैशाख १५, २०८३
इटहरी–धरान सडकखण्डमा दुर्घटना बढेपछि तरहरामा लगाइयो ‘एकाहा पुराण’

इटहरी–धरान सडकखण्डमा दुर्घटना बढेपछि तरहरामा लगाइयो ‘एकाहा पुराण’

बैशाख १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा गाउँपालिका अध्यक्षकै सामुन्ने पत्रकारलाई ज्यान मार्ने धम्की

मोरङमा गाउँपालिका अध्यक्षकै सामुन्ने पत्रकारलाई ज्यान मार्ने धम्की

बैशाख १६, २०८३
विश्रान्तिधाम गुरुकुललाई २ लाख राशिको ‘सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल राष्ट्रिय शिक्षा संस्कृति’ पुरस्कार

विश्रान्तिधाम गुरुकुललाई २ लाख राशिको ‘सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल राष्ट्रिय शिक्षा संस्कृति’ पुरस्कार

बैशाख १६, २०८३
खुवालुङको विवाद चर्किएपछि तत्कालका लागि रोकियो

खुवालुङ क्षेत्रमा माङ्खीमसहित सांस्कृतिक संरचनाको शिलान्यास

बैशाख १६, २०८३
‘तरहरा दोस्रो राष्ट्रव्यापी कविता प्रतियोगिता–२०८३’ मा छानिए उत्कृष्ट १० कवि

‘तरहरा दोस्रो राष्ट्रव्यापी कविता प्रतियोगिता–२०८३’ मा छानिए उत्कृष्ट १० कवि

बैशाख १६, २०८३

लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1489 shares
    Share 596 Tweet 372
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    646 shares
    Share 258 Tweet 162
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    468 shares
    Share 187 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    387 shares
    Share 155 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    379 shares
    Share 152 Tweet 95

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.