संखुवासभा : संखुवासभाको मादी नगरपालिकामा एकै परिवारका ६ जनाको सामूहिक हत्याबारे अनुसन्धान गर्न तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली घटनास्थलतर्फ लागेको छ ।
संघीय प्रहरी इकाइ कार्यालय धरानका प्रहरी उपरीक्षक (एसपी) भीम दाहालको नेतृत्वमा विराटनगर र धरानबाट गएको प्रहरी टोलीले मादी पुगेर घटना विस्तृत अनुसन्धान गर्नेछ ।
प्रदेश प्रहरी कार्यालय र संघीय प्रहरी इकाइ कार्यालय धरानको टोली पुगेपछि शव उठाउने बताइएको छ । प्रहरीका अनुसार सबै शव मङ्गलबार उठाएर पोस्टमार्टम गरिने छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरबाट ‘रिजनल इन्भेस्टिकेसन’ टिमले पनि अनुसन्धान गर्ने प्रदेश १ डीआईजी अरूण बिसीले जानकारी दिए । घटनास्थल दुर्गम भेगमा भएकाले प्रहरीलाई पुग्न समय लागेको तर तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली गहन अनुसन्धान गर्ने बिसीले जानकारी दिए ।
प्रदेश प्रहरी कार्यालयबाट अनुसन्धानका लागि ‘ट्र्याकर’ डग पिकु र लैलालाई लगिएको छ । कुकुरबाट अनुसन्धान गर्नुपर्ने भएकाले घटनास्थल आसपासको क्षेत्रमा स्थानीयलाई प्रवेश गर्न रोक लगाइएको प्रहरीले जनाएको छ ।



















Discussion about this post