Sunday, July 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

संखुवासभा सामूहिक हत्याकाण्ड : यसकारण प्रहरीको ‘नोटिस’मा परेका थिए लोकबहादुर

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २८, २०७८
in समाचार
0
संखुवासभा सामूहिक हत्याकाण्ड : यसकारण प्रहरीको ‘नोटिस’मा परेका थिए लोकबहादुर
270
SHARES
Share on FacebookShare on Twitter

संखुवासभा : संखुवासभाको मादी १ खोलागाउँका एकै परिवारका ६ जनाको हत्यापछि अनुसन्धानमा जुटेको प्रहरीले हत्याको एक साता नबित्दै अभियुक्त पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।

घटनामा सफलतापूर्वक अनुसन्धान गरेको भन्दै प्रहरीले वाहवाही त कमाएको छ नै प्रहरीले छोटो समयमै कसरी हत्याराको पहिचान ग(यो भन्ने कौतुहलता पनि उब्जेको हुन सक्छ । यहाँ हामीले यही पाटोलाई केलाएका छौं ।

हत्या घटनापछि अनुसन्धानका लागि प्रदेश १ का डीआईजी अरुणकुमार बीसी, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का डीएसपी रुगम कुँवर, संघीय प्रहरी इकाइबाट एसपी भीम ढकालको टोली, जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी लालध्वज सुवेदीको टोली, इलाका प्रहरी कार्यालयको अर्को टोली पुगेको थियो । ती सबै टोलीले आ आफ्नो तवरले अनुसन्धान प्रक्रिया अघि बढाएका थिए । फलस्वरूप हत्याको पाँचौं दिन प्रहरीले २६ वर्षीय लोकबहादुर कार्कीलाई हत्या अभियोगमा पक्राउ ग¥यो ।

विविध पाटोमा अनुसन्धान अघि बढाएको प्रहरी टोलीले सुरुदेखि नै उनलाई आशंकामा नराखेको होइन । तर, विश्वस्त प्रमाण भने फेला पार्न सकेको थिएन ।

सुरुमै उनीप्रति आशंका गरिनुको पहिलो कारण हो, मृतक तेजबहादुर कार्कीको शव भएको ठाउँ । उनले जुन ठाउँमा तेजबहादुरको शव छ भनेका थिए, त्यो ठाउँबाट शव देखिँदैनथ्यो । त्यसो भए उनले कसरी त्यो ठाउँमा शव छ भने त ? प्रहरीले उनको यो भनाइलाई नोटिस गर्दै उनलाई शंकाको घेरामा राखेको थियो । र, भित्री रूपमा जवाफ पनि खोजिरहेको थियो । तर, उनको हाउभाउ, व्यवहार, शारीरिक अवस्थाका कारण प्रहरी आफैँ अलमलमा परेको थियो ।

मृतक लोकबहादुरको घरबाट करिब २० मिटरको दूरीमा तेजबहादुरमाथि पहिलोपटक प्रहार भएको थियो । जुन ठाउँमा रगत पनि देखिएको थियो । तर, भाग्ने क्रममा उनी सडकको तल्लो भागमा पुगे । त्यहीँ उनको मृत्यु भएको थियो । तर, बाटोबाट शव भने देखिँदैनथ्यो ।

तर, कक्षा १० मा अध्ययनरत नातामा लोकबहादुरका भाइ पर्ने एक किशोरलाई उनले तेजबहादुरलाई कसले मारेछ भनेर सोध्न लगाएका थिए ।

उनीमाथि प्रहरीले शंका गर्नुको अर्को कारण हो, तेजबहादुरको हत्या भएको स्थान । तेजबहादुरको हत्या भएको स्थान लोकबहादुरको घरनजिकै थियो । यदि कोही आपराधिक गिरोहले तेजबहादुर र उनको परिवारको हत्या गरेको थियो भने उनकै घर आसपासमा हुन सक्थ्यो । तर, कसरी लोकबहादुरको घरनजिक हुन गयो रु यसलाई पनि प्रहरीले अनुसन्धानको विषय बनाएको थियो ।अर्को कुरा हो, जुन ठाउँमा तेजबहादुरको हत्या भएको थियो । त्यसबेला लोकबहादुरका बाबु र भाइ घरमा थिएनन्, लोकबहादुर मात्रै थिए । यदि बाहिरका मान्छेबाट तेजबहादुरको हत्या भएको थियो भने नजिकै रहेका उनले किन थाहा पाएनन् रु

जुन ठाउँमा तेजबहादुरको शव भेटिएको थियो, त्यहाँबाट २५(३० मिटरको दूरीमा सासुबुहारीको शव भेटिएको थियो । सय मिटरको दूरीमा नाबालक नाबालिकाको शव भेटिएको थियो । ८४ वर्षीय वृद्धाको घरमै हत्या भएको थियो । यो विषयलाई पनि प्रहरीले गम्भीरताका साथ लिएको थियो । घटनास्थललको गम्भीर पाटो केलाउने क्रममा प्रहरी टोली चिनेजानेको मान्छेकै हातबाट घटना भएको निष्कर्षमा पुगेको थियो । अझ प्रहरी टोली एक कदम अघि बढेर यसमा मानसिक रूपमा अस्वस्थ व्यक्तिको संलग्नता रहेको ठहरमा पुगेको थियो ।

त्यसो त सुरुमा प्रहरी आर्थिक कारण हत्या घटना भएको निष्कर्षमा पुगेको थियो । जब घरभित्रै ८ लाख ८९ हजार रुपैयाँ नगद र गरगहना सुरक्षित रूपमा भेटिए, प्रहरी आर्थिक कारण हत्या नभएको निष्कर्षमा पुग्यो । अर्को कुरा, मारिएका महिलाले लगाएका गहना पनि उनीहरूकै साथमा थियो । त्यसपछि मात्रै हो, प्रहरीले घटनाको अनुसन्धानको पाटोलाई बदलेको ।

त्यसपछि प्रहरीले लोकबहादुरको घर खानतलासी ग¥यो । जब प्रहरीले उनको घरभित्र रहेको बाकसमा रगत लागेको हाफपेन्ट र कालो भेस्ट भेट्यो, उनैले हत्या गरेको भन्ने प्रमाण बलियो बन्दै गयो ।

तर, पनि लोकबहादुरले हत्या गरेको सहजै स्वीकार गरेनन् । बरु प्रहरी केरकारमा उनले सुबद प्रमाण मागिरहे । चित्त बुझ्दो प्रमाण दिएको खण्डमा आफूले हत्या घटना स्वीकार गर्ने वचन दिए । तर, प्रहरीको अगाडि उनको केही जोड चलेन । अन्तिममा हत्या स्वीकार गरे ।

तेजबहादुर त्यो दिन घरबाट १ घण्टा टाढा रहेको मादी ३ स्थित पिप्लेमा रहेको खेतमा काम गर्न खेताला खोज्ने हेतुले निस्केका थिए । अघिल्लो दिन नै उनले लोकबहादुर र उनका भाइलाई भनेका थिए । उनीहरूलाई नै लिन तेजबहादुर सुरुमा लोकबहादुरको घरमा गएका थिए । तेजबहादुरसँग कुरा गरेर फर्केको केही क्षणमै उनले दाउराको चिर्पटोले प्रहार गरेका थिए । तेजबहादुरबाट सुरु भएको हत्याको शृंखला ८४ वर्षीया आमामा गएर टुंगिएको थियो ।

भविन कार्कीले लेखेको यो समाचार राजधानी दैनिकबाट साभार गरिएको हो ।

Tags: #संखुवासभा#हत्यापत्रपत्रिकासङ्खुवासभाहत्याकाण्ड
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

समाचार

झापामा विपद्को कहर : ११ जनाको मृत्यु, एक वर्षमा २२ करोडको क्षति

by रासस
साउन २, २०८३
0

भद्रपुर : झापामा गत आर्थिक वर्षमा प्राकृतिक विपद्का घटनामा ११ जनाको मृत्यु भएको छ भने २२ करोड ७४ लाख ६०...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
0

झापा : हुलाकी राजमार्गमा भएको सवारी दुर्घटनाले मोरङको एउटै गाउँका दुई परिवार शोकमा डुबेका छन्। झापाको गौरीगन्ज–२ कृष्ण खोला नजिक...

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

साउन २, २०८३
नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापामा विपद्को कहर : ११ जनाको मृत्यु, एक वर्षमा २२ करोडको क्षति

साउन २, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

साउन २, २०८३
इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

साउन २, २०८३
नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1054 shares
    Share 422 Tweet 264
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    463 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.