इटहरी : उदयपुरमा १२ जनालाई कोरोना संक्रमण पछि इटहरीका सबै मस्जिदमा सिल गरिएको छ ।
यहाँका विभिन्न मस्जिदमा बाहिरी देशका मुस्लिम धर्मावलम्बीहरु हुनसक्ने र कोरोना भाइरस संक्रमणको संभावना उच्च रहेको भन्दै इटहरीमा अवस्थित सबै मस्जिदहरु सिल गरिएको हो ।
केही दिन अगाडि मात्रै वीरगञ्जमा तीनजनामा कोरोना संक्रमण पुष्टि भएका नागरिकहरु सुनसरीको दुहवी र इनरुवाको मस्जिदमा बसेको खुलेको थियो ।
इटहरी उपमहानगरपालिकाकी उप प्रमुख लक्ष्मी गौतमका अनुसार शुक्रबारदेखि नै यहाँका सबै मस्जिद खाली गरी त्यहाँ भएका मानिसहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।
यहाँ रहेका १४ वटा मस्जिद प्रशासनको प्रत्यक्ष निगरानीमा सिल गरिएको गौतमले बताईन् ।
Discussion about this post