उदयपुर (हडिया) : अहिले लकडाउनका कारण सामान्य मजदूर गरेर खाने मानिसहरुको बिचल्ली भएको छ । त्यो भन्दा पनि कृषकहरु यतिबेला प्रत्यक्ष प्रभावित भएका छन् । कहिले मूल्य नपाएर त कहिले बजार नपाएर तड्पिने कृषकहरु यतिबेला कोरोना भाइरसका कारण देश लकडाउन भएकाले कृषकहरुको समस्या ज्यूँ को त्यूँ रहेको छ ।
यसैबीच उदयपुरको चौदण्डीगढी नगरपालिका १० हडिया चोकमा रहेको जनोउत्थान पशु तथा कृषि सहकारी संस्था बन्द गरिएको छ ।
लकडाउनका कारण दूध ढुवानीमा कडाई गरिएपछि डेरी बन्द गरिएको हो ।
दैनिक २ सय कृषकहरुको दूध संकलन हुँदै आएको संस्थाका उपाध्यक्ष चन्द्र गिरीले जानकारी दिए ।
स्थानीय कृषकहरुले दैनिक २२ सय लिटर दूध संकलन गर्दै आएको उनको भनाई थियो ।
लकडाउनका कारण कृषकलाई प्रत्यक्ष असर परेको उपाध्यक्ष गिरीले बताए ।
Discussion about this post