झापा : झापा मेचीनगर नगरपालिका ४ राईसिंग बाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा सोही स्थानका १८ वर्षीय दिल बहादुर मगर रहेका छन् । प्रहरी चौकी बाहुनडाँगीबाट गएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर ९ ग्राम सहित पक्राउ गरेको हो ।
पक्राउ परेका मगरलाई इलाका प्रहरी कार्यालय काकडभिट्टाले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post