इटहरी : इटहरी उपमहानगरपालिका ९ का प्रदीप अधिकारी उत्कृष्ट डेरी अवार्डबाट सम्मानित भएका छन् । अधिकारी उत्कृष्ट डेरी अवार्डबाट काठमाण्डौंमा सम्मानित भएका हुन् ।
उनले इटहरीमा तमोर डेरी सञ्चालन गर्दै आएका छन् । तेह्रथुमको वसन्तपुरमा दूग्धजन्य उत्पादनको कारखाना सञ्चालन सँगै इटहरीमा डेरी उद्योग सञ्चालन गर्दै आएका उनलाई सिजन मिडियाले सम्मान गरेको हो ।
सपोर्ट लघुवित्त वित्तिय संस्थाको अध्यक्ष समेत रहेका अधिकारीसहित अन्य विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका हाडजोर्नी विशेषेज्ञ डा. पशुपति चौधरी डा. भोला रिजाल छन् ।
यस्तै, समारोहमा पत्रकार किसोर श्रेष्ठ, आकाश अधिकारी, भवानी राणा लगायत दुई दर्जन बढीलाई सम्मान गरिएको थियो ।














Discussion about this post