झापा : झापाको छुट्टा–छुट्टै स्थानबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिकाका २७ वर्षीय रोशन सुवेदी, २८ वर्षीय सुमन कार्की र भारत दार्जिलिङका २४ वर्षीय रतन सिंह रहेका छन् ।
बिहीबार बेलुका अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका ११ बसपार्क स्थित रहेको एक होटलबाट रोशन सुवेदी र सुमन कार्कीलाई ब्राउनसुगर ६ ग्राम ७०० मिलि ग्रामसहित पक्राउ गरेको हो ।
त्यस्तै, बिहीबार दिउँसो लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ स्थित तुर्केनी खेल मैदान छेउबाट रतन सिंहलाई ब्राउनसुगर ५ ग्रामसहित पक्राउ गरेको हो ।
पक्राउ परेका तीनैजनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post