इटहरी : नेपाली कांग्रेस इटहरी सभापति हेमकर्ण पौडेललाई सर्वोच्च अदालततको पूर्ण इजालसले पनि सफाई दिएको छ । अपहरण तथा शरिर बन्धक सम्बन्धि मुद्धामा पूण इजालसले हिजो सफाई दिएको हो ।
२०७६ साल कार्तिक २३ गते सर्वोच्च अदालतले पौडेललाई सफाई दिएको थियो । तर उक्त मुद्धामा चित्त नबुझेको भन्दै पुन महान्यायधिवक्ताको कार्यलयमा उजुरी परेको थियो । त्यही उजुरी उपर हेर्दा सर्वोच्चको पूर्ण इजालसले हेर्ने अनुमती नदिने निर्णय दिए सगै हेमकर्णको पक्षमा फैसला भएको हो ।
२०६९ सालमा इटहरीका दुर्गाबहादुर अधिकारी तास खेल्ने क्रममा अपहरण गरि पैसा असुलेको आरोपमा जिल्ला अदालत सुनसरीमा मुद्धा दायर भएको थियो । सुरुमा प्रहरीले मुद्धा दर्ता गर्न अस्वीकार गरेपछि अधिकारीले पुनरावेदन अदालतमा परामादेशको माग गर्दै उजुरी हालेका थिए । सँगै खेलेको तासको रिसिईबि साध्न मुद्धा हालेको भन्दै प्रहरीले त्यती बेला त्यो मुद्धालाई प्रथामिकता दिएको थिएन ।
पुनरावेदन अदालतले सुनसरी प्रहरीका नाममा परामादेश जारी गरेपछि २०७० फागुन २६ गते मुद्धा दायर भएको थियो । न्यायधिस ओमप्रकास मिश्र र केदार प्रसाद चालिसेको संयुक्त इजलासले पौडेललाई सफाई दिएको थियो । उक्त मुद्धामा चित्त नबुझेको भन्दै इटहरीका अधिकारीले पुःन महान्यायधिबक्ताको कार्यलयमा उजुरी गरेका थिए । उक्त उजुरी उपर सर्वेच्च अदालतको पूर्ण इजालासले अनुमती नहुने निर्णय गरे सँगै उनको यो मुद्धा समाप्त भएको छ ।
यता हेमकर्ण पौडेलले भने एउटा मुद्धाले १० बर्ष सम्म सामाजिक र राजनितिक क्षेत्रमा आलोचकहरुका लागि मसला बनेको प्रतिक्रिया दिएका छन ।
Discussion about this post