धरान : नेपालमा सर्वाधिक बिक्री हुने भनिएको बजाज ब्राण्डको मोटरसाइकलको एक्सचेञ्ज एण्ड अपग्रेड महामेला हुने भएको छ ।
बजाज मोटरसाइकलको धरानका लागि आधिकारिक बिक्रेता अर्विन एण्ड ब्रर्दश अटोले असोज १७ गतेदेखि २३ गतेसम्म महामेला गर्न लागेको हो ।
शनिबार (आज) पत्रकार सम्मेलन गर्दै सञ्चालक एवं प्रबन्ध निर्देशक अर्विन तामाङले दशैं तिहार र छठ पर्वको अवसर पारेर धरान ८ भोटेपुलस्थित आफ्नै शो रूममा महामेला आयोजना हुने जानकारी दिए ।
उनका अनुसार महामेलामा पुरानो मोटरसाइकलको अधिक मूल्यांकन तथा बजार मूल्यभन्दा १० जार थप मूल्यांकन गरिनेछ भने शून्य प्रतिशत ब्याजदरमा सरल फाइनान्स सुविधा समेत उपलब्ध हुनेछ ।
तामाङका अनुसार नगद तथा एक्सचेञ्जबाट खरिद गर्ने ग्राहकहरुले १० हजारदेखि १० लाखसम्म नगद पनि जित्न सक्नेछन ।
प्रत्येक महिना देशभरबाट बम्पर मार्फत खरिद तथा एक्सचेञ्ज गर्ने ग्राहकहरूमध्ये एक जनाले यो उपहार पाउनेछन् । मेला अवधिभर प्रत्येक खरिदकर्ताले हेल्मेट र लेगार्ड पनि निःशुल्क प्राप्त गर्ने तामाङले बताए ।



















Discussion about this post