इटहरी : इलाका प्रहरी कार्यालय इटहरीले तीन किलो यार्सागुम्बासहित दुई पुरुषलाई पक्राउ गरेको छ ।
इटहरी प्रहरीका अनुसार तीन किलो यार्सागुम्बासहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खोटाङ रावाबेशी गाउँपालिका – ४ बस्ने २७ वर्षीय समिर गुरुङ र संखुवासभा चैनपुर नगरपालिका – ४ बस्ने श्याम कुमार लिम्बू रहेका छन् ।
उनीहरूलाई इटहरी ६ स्थित जय नेपाल होटलबाट तीन किलो यार्सागुम्बासहित आइतबार बिहान इटहरी प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीको लागि सब डिभिजन वन कार्यालय तरहरामा बुझाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post