मोरङ : रक्षामन्त्री डा. मीनेन्द्र रिजालले मोरङ क्षेत्र नं. २ का विभिन्न बाढी प्रभावित क्षेत्रहरुको निरीक्षण गरेका छन् ।
शनिबार (आज) मन्त्री रिजालले रतुवा नदीले प्रभावित पारको रतुवामाई र उर्लाबारीको सिमाना गाइघाट क्षेत्र, रतुवामाई ७ स्थित राजावास क्षेत्र, रतुवामाई ३ चौकीघाट त्यसैगरी बक्राह नदीबाट प्रभावित वडा नं. १ को सोनापुर र वडा नं. ५ को लारिकट्टा कुमालटोल क्षेत्रको निरीक्षण गरेका हुन् ।
यस्तै, सुनवर्षी ७ बरडंगा मावि क्षेत्र , सुनवर्षी ६ केरञ्जा र कैमी, पथरी शनिश्चरे ५ सुन्दरी चौक, रंगेली ९ देमना, रंगेली ३ काजीमान चौक, कानेपोखरी १ पुतली चौक लगायत क्षेत्रको निरीक्षण गरेका थिए ।
निरीक्षणपछि मन्त्री रिजालले रतुवा नदीको पुल चाँडै सञ्चालनमा आउने गरी काम सुरू हुने बताए । साथै, बाढी प्रभावित क्षेत्रमा तत्काल स्थायी बाँध निर्माण गर्ने, पीडित परिवारलाई राहतको व्यवस्थापन गर्ने र बेमौसमी बाढीले कृषकहरूको धानबाली तथा कृषि उत्पादनमा परेको क्षतिलाई मध्यनजर गर्दै कृषकहरूलाई उचित राहतको व्यवस्थापन सरकारले गर्ने प्रतिबद्धता जनाए ।
प्रदेश सांसद शिवनारायण सिंह, रतुवामाई नगरपालिकाका मेयर रविन राई, सुनवर्षी नगरपालिकाका मेयर कालीप्रसाद दास लगायतले निरीक्षण गरेका थिए ।














Discussion about this post