धरान : बैकिङ कसुर मुद्दाकी एक फरार प्रतिबादीलाई धरानबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका ३ बस्ने ३८ वर्षीया रानीकुमारी साह रहेकी छन् ।
उनलाई बैकिङ कसुर मुद्दामा उच्च अदालत मोरङबाट २०७६ माघ ६ गतेको सजाय निर्धारण फैसला आदेशले एक महिना कैद र पाँच लाख जरिवाना तोकेको थियो ।
कैद जरिवाना बेरुजु रही असुल गर्न बाँकी रहेकी साहलाई खोजतलास गर्ने क्रममा १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेकी उनलाई सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरिएको छ ।












Discussion about this post